मंगलवार, असार ९,२०८३ 04:19:29
Bizshala
  • मंगलवार, असार ९,२०८३ 04:19:29
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा

Laxmi Sunrise Bank Limited
अघिल्लो आवमा घाटामा रहेको पाँचथर पावरले कमायो २.५६ करोड नाफा

काठमाण्डौ । अघिल्लो आवको पहिलो त्रैमाससम्म २ करोड ५६ लाख रुपैयाँ घाटामा रहेको पाँचथर पावर कम्पनी लिमिटेडले नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म ५ करोड १५ लाख रुपैयाँ नाफा कमाएको छ ,  

कम्पनीले विद्युत बिक्रीमार्फत १४ करोड ५२ लाख रुपैयाँ आर्जन गरेको छ ।  

२०८० असार महिनामा आएको बाढीले आयोजनालाई क्षति पुर्याएकोमा २०८१ असोज १२ गते पुनः बाढी आई आयोजनाको सिभिल संरचनासहित पावर हाउस लगायत इलेक्ट्रो मेकानिकल इक्युपमेन्ट समेतमा क्षति हुन गएकाले सो को मर्मत सम्पन्न गरि २०८१ चैत १६ गतेबाट विद्युत उत्पादन सुचारु भएको कम्पनीले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

हाल आयोजनाबाट नियमित रुपमा विद्युत उत्पादन भईरहेको कम्पनीले जनाएको छ । विद्युत प्राधिकरणले समय समयमा डिस्प्याच इन्स्ट्रक्सन जारी गरेकाले आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन भने गर्न नसकेको कम्पनीले उल्लेख गरेको छ ।  

पहिलो त्रैसमाससम्म कम्पनीको कर्मचारी खर्च २९ लाख १२ हजार ,अन्य सञ्चालन खर्च १५ लाख ३३ हजार र वित्त खर्च ५ लाख १ लाख रुपैयाँ रहेको छ । कम्पनीको चुक्तापूँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको रिजर्भको आकार ३ करोड ८२ लाख रुपैयाँले ऋणात्मक अवस्थामा छ । कम्पनीको कुल चालु सम्पत्ति १० करोड ७६ लाख र कुल चालु दायित्व २२ करोड ४९ लाख रुपैयाँ छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस)५.३५ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ९६.०३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ३०६.५६ रुपैयाँ र तरलता अनुपात ४८ गुणा कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.