काठमाण्डौ । सोलु हाईड्रोपावर लिमिटेडले आईपीओ निष्कासनको अनुमति पाएको छ । कम्पनीलाई नेपाल धितोपत्र बोर्ड(सेबोन)ले आईपीओ जारी गर्नका लागि कात्तिक २४ गते अनुमति दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै अब कम्पनीले प्रतिकित्ता रु. १०० अंकित दरका २ करोड कित्ता आईपीओ जारी गर्नेछ ।
कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा नबिल इन्भेष्टमेन्ट बैंकिङ र हिमालयन क्यापिटल रहेका छन् ।

