मंगलवार, असार १६,२०८३ 12:47:18
Bizshala
  • मंगलवार, असार १६,२०८३ 12:47:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

आम्दानीसँगै बढ्यो भगवति हाईड्रोपावरको नाफा

Laxmi Sunrise Bank Limited
आम्दानीसँगै बढ्यो भगवति हाईड्रोपावरको नाफा

काठमाण्डौ । भगवति हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले चालु ,आवको पहिलो त्रैमासमा ३ करोड ९२ लाख रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ४३.०७ प्रतिशतले बढी हो ।  

अघिल्लो आवमा कम्पनीले २ करोड ७४ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको थियो । आम्दानी बढेसँगै कम्पनीको नाफा समेत बढेको छ । कम्पनीले १ करोड ६० लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८९.१६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ८४ लाख ९३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  

New Office
CG Motors
Garima Development Bank

यो अवधिसम्म कम्पनीले १ करोड १८ लाख रुपैयाँ कुल सञ्चालन खर्च र १ करोड ६९ हजार रुपैयाँ गैरसञ्चालन खर्च गरेको छ ।  

कम्पनीको चुक्तापूँजी ५९ करोड ४९ लाख रुपैयाँ छ भने रिजर्भको आकार १६ करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०.८० रुपैयाँ ,प्रतिसेयर नेटवर्थ १२७.६० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १६४.६७ रुपैयाँ, तरलता अनुपात २५.२८ प्रतिशत र मूल्य आम्दानी अनुपात ७२.११ गुणा कायम भएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.