सोमबार, असार १५,२०८३ 11:19:44
Bizshala
  • सोमबार, असार १५,२०८३ 11:19:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सर्वोत्तम सिमेन्टको आम्दानी ३५% ले वृद्धि, नाफा आर्जन ३२.४२ करोड

Laxmi Sunrise Bank Limited
सर्वोत्तम सिमेन्टको आम्दानी ३५% ले वृद्धि, नाफा आर्जन ३२.४२ करोड

काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडको आम्दानी ३५.७७ प्रतिशतले बढेको छ । कम्पनीले चालु आवको पहिलो त्रैमासमा बिक्रीमार्फत १ अर्ब ९७ करोड रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले बिक्रीमार्फत १ अर्ब४५५ करोड रुपैयाँ कमाएको थियो ।  

आम्दानी बढेसँगै कम्पनी नाफामा गएको छ । कम्पनीले पहिलो त्रैमाससम्म ३२ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनी २ करोड २५ लाख रुपैयाँ घाटामा थियो ।    

यो अवधिमा कम्पनीको वित्त खर्च १५.९१ प्रतिशतले घट्दै ६ करोड ६१ लाखमा सीमित बनेको छ । कम्पनीले ५ करोड ४५ लाख रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

New Office
CG Motors
Garima Development Bank

कम्पनीको खर्च बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म २७ करोड ३ लाख रुपैयाँ कुल खर्च गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १४ करोड ८५ लाख रुपैयाँबराबरको कुल खर्च गरेको थियो ।    

४ अर्ब ९७ करोड रुपैयाँबराबरको चुक्तापूँजी भएको कम्पनीको रिभ्यालुएसन रिजर्भमा ३३ करोड ६८ लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५ अर्ब ५७ करोड र कुल चालु दायित्व ४ अर्ब ३० करोड रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै कम्पनीले यो अवधिसम्म ३ अर्ब ८९ करोड अल्पकालिन र ९ करोड १७ लाख दीर्घकालिन कर्जा लिएको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२६.०७ रुपैयाँ र प्रतिसेयर नेटवर्थ २०८.११ रुपैयाँ कायम भएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.