काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक २८ गते बसेको कम्पनीको सञ्चालक समितिको २३७ औं बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।
उक्त बैठकले आव २०८१/८२ को मुनाफाबाट चुक्तापूँजी ४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँको ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश(करसहित)गरी कुल २० प्रतिशत लाभांश दिने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश कम्पनीको आगामी साधारण सभाबाट पारित र्भएपश्चात सेयरधनीहरुलाई वितरण गरिनेछ ।

