बिहीबार, बैशाख ३१,२०८३ 10:16:20
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 10:16:20
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

खर्च बढ्दा पिपुल्स पावरको नाफा २६% ले घट्यो, आम्दानीमा ५% को सुधार

Laxmi Sunrise Bank Limited
खर्च बढ्दा पिपुल्स पावरको नाफा २६% ले घट्यो, आम्दानीमा ५% को सुधार
Shivam Cement

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको विद्युत बिक्री आम्दानी बढ्दा पनि खर्च नियन्त्रण गर्न नसक्दा नाफामा गिरावट आएको छ । कम्पनीले चालु आवको पहिलो त्रैमाससम्म १ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २६.७१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ७२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।  

कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ३ करोड १७ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तुलनामा ५.३३ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले विद्युत बिक्रीमार्फत ३ करोड १ लाख रुपैयाँ आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

कम्पनीको प्रशासनिक खर्च ३०९.३२ प्रतिशतले बढ्दै ३९ लाख ९५ हजार पुगेको छ । यद्यपी कम्पनीको वित्त खर्च भने ७६ लाख २५हजार रुपैयाँबाट घटेर २८ लाख ९७ हजारमा सीमित बनेको छ । कम्पनीको रिजर्भको आकार ६५ लाख ६३ हजार रुपैयाँले ऋणात्मक अवस्थामा छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ११ करोड ९९ लाख र कुल चालु दायित्व २१ लाख २९ हजार रुपेयाँ छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.३२ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १०६.२० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०६.४३ रुपैयाँ र तरलता अनुपात ५६.३२ प्रतिशत कायम भएको छ । 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.