काठमाण्डौ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडको लक इन अवधि आगामी पुस महिनामा समाप्त हुने भएको छ । कम्पनीको कुल १९ लाख ५७ हजार ८० कित्ता सेयरको लक इन अवधि पुस १ गते समाप्त हुन लागेको हो ।
उक्त अवधिमा संस्थापक समूहको १८ लाख कित्ता, कर्मचारीलाई सुरक्षित गरिएको ११ हजार ८० र आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाका लागि सुरक्षित गरिएको १ लाख ४६ हजार कित्ता सेयरको लक इन अवधि खुल्न लागेको हो ।
नेपाल धितोपत्र बोर्डमा कम्पनीको कुल २५ लाख कित्ता सेयर दर्ता छ । कम्पनीले विसं २०७९ मंसिर २१ गतेदेखि २८ गतेसम्म रु. १०० अंकित दरका ५ लाख ५४ हजार कित्ता आईपीओ निष्कासन गरेको थियो । कम्पनीको उक्त आईपीओ २०७९ पुस ३ गते बाँडफाँड गरिएको थियो ।

