शनिबार, श्रावण २,२०८३ 12:03:54
Bizshala
  • शनिबार, श्रावण २,२०८३ 12:03:54
Bizshala
Global IME Bank Limited

माई खोला हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव

माई खोला हाइड्रोपावरले डाक्यो साधारण सभा, यस्ता छन् प्रस्ताव
New Office

काठमाण्डौ । माई खोला हाइड्रोपावरले पाचौं वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २ गते सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले यही मंसिर २५ गतेका दिन काठमाण्डौको शंखपार्कमा रहेको स्मार्ट दरबारमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको छ ।  

उक्त सभामा कम्पनीको हाल कायम चुक्तापूँजीको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय भई सेबानमा दर्ता भई निष्कासन प्रक्रियामा रहेकाले सो लाई निरन्तरता दिने ,अन्य कम्पनीमा लगानी गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न नियमनकारी निकायबाट कुनै निर्देशन प्राप्त भएमा सो बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।  

यस्तै सञ्चालक समितिका तर्फबाट अध्यक्षले पेश गर्ने गत आवको वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित गत आवको वासलात,नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु पारित गर्ने र चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

सभामा  सञ्चालक समितिबाट भएका निर्णय तथा काम कारवाहीहरु अनुमोदन गर्ने, संस्थागत सुशासनसम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र आयोजना पुननिर्माणका लागि ऋण थप गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.