आईतवार, बैशाख ६,२०८३ 05:13:30
Bizshala
  • आईतवार, बैशाख ६,२०८३ 05:13:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

उद्योग वाणिज्य महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण

Bizshala
उद्योग वाणिज्य महासंघद्वारा उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण
Shivam Cement

काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले उद्योग विभागलाई कम्प्युटर हस्तान्तरण गरेको छ। महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले बुधबार उद्योग विभागमा विभागका महानिर्देशक राजेश्वर ज्ञवालीलाई कम्प्युटरहरू हस्तान्तरण गरे।

गत भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा विभाग परिसरमा भएको आगजनीका कारण कम्प्युटर तथा अन्य सामग्री जलेर नष्ट भएपछि विभागको आग्रहअनुसार महासंघले विभागलाई सहयोग स्वरुप कम्प्युटरहरू उपलब्ध गराएको हो।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

सो अवसरमा महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले निजी क्षेत्र र राज्यका निकायबीचको सहकार्यले मात्र सेवा प्रवाहको गुणस्तर सुधारिने उल्लेख गरे।

उनले उद्योग विभागले सामना गरेको क्षति न्यूनीकरणमा महासंघको तर्फबाट सानो सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै आउँदा दिनमा पनि महासंघ र विभाग वीच सहकार्य जारी रहने बताए।

‘महासंघले निजी क्षेत्र र सरकारी निकायबीच सहकार्य आवश्यक छ । यो सहकार्यको माध्यमबाट संस्थागत क्षमताबृद्धिमा योगदान पुग्ने हाम्रो विश्वास रहेको छ,’ अध्यक्ष ढकालले भने।

CG Motors
Garima Development Bank
IME remit

उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले भाद्र २३ र २४ गतेको आन्दोलनको क्रममा विभागको भौतिक सामाग्रीमा ठूलो क्षति पुर्याएको उल्लेख गर्दै महासंघले तत्काल सहयोग उपलब्ध गराएकोमा आभार व्यक्त गरे। उनले महासंघको यो सहयोगले विभागको दैनिक सेवा सञ्चालन सहजता ल्याउने बताए।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.