काठमाण्डौ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले विभिन्न ९ वटा कम्पनीको सेयर बिक्री गर्ने भएको छ । मंसिर ३ गते बसेको कम्पनीको सञ्चालक समितिको १५४ औं बैठकले १६ लाख ७७ हजार १६ कित्ता सेयर बिक्री गर्ने निर्णय गरेको हो ।
जसमध्ये कुमारी बैंकको ५ लाख ३० हजार कित्ता संस्थापक सेयर , नेशनल माइक्रोफाइनान्स लघुवित्तको १ लाख ७ हजार ४८४ कित्ता संस्थापक सेयर, नेरुडे मिर्मिरे लघुवित्तको ७४ हजार १०६ कित्ता संस्थापक सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्तको ७८ हजार २०९ कित्ता संस्थापक सेयर, मेरो माइक्रोफाइनान्स लघुवित्तको २८ हजार २१५ साधारण सेयर, प्रभु महालक्ष्मी लाइफ(तत्कालिन महालक्ष्मी लाइफ)को ५ लाख ९४ हजार कित्ता संस्थापक सेयर, एचआईडीसीएलको ४० हजार १ कित्ता संस्थापक सेयर, नेशनल फण्ड म्यानेजमेन्टको २ लाख २५ हजार कित्ता संस्थापक र नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको १ कित्ता साधारण सेयर रहेको छ ।
कम्पनीले नेपाल धितोपबाट बोर्डबाट असोज ९ गते प्राप्त भएको पत्रबमोजिम उक्त सेयरहरु बिक्री गर्न लागिएको जनाएको छ ।

