बुधबार, असार १०,२०८३ 06:33:42
Bizshala
  • बुधबार, असार १०,२०८३ 06:33:42
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

Laxmi Sunrise Bank Limited
नबिल बैंक भिसा इन्टरनेशनलको तीन विधाका अवार्डद्वारा सम्मानित

काठमाण्डौ । नबिल बैंकले भिसा इन्टरनेशनलद्वारा प्रदान गरिने तीन वटा महत्वपूर्ण विधामा अवार्ड जितेको छ । बैंकले यस वर्ष एक्सिलेन्स इन कन्जुमर डेविट कार्डस्  बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in Consumer Debit Cards Business Principal client), एक्सिलेन्स इन कन्ट्याकलेस–इसुइङ (Excellence in Contactless – Issuing) र एक्सिलेन्स इन इ–कमर्श एक्वायरिङ बिजनेस प्रिन्सिपल क्लाइन्ट (Excellence in E– Commerce Acquiring Business Principal Client) विधामा अवार्ड जितेकोे हो । 

काठमाण्डौस्थित मेरियट होटलमा आयोजित एक कार्यक्रममा बैंकलाई ती अवार्ड प्रदान गरिएको हो । विगतमा पनि उक्त विधामा नबिल बैंकको वर्चस्व रहँदै आएको छ । 

New Office
CG Motors
Garima Development Bank

अवार्ड ग्रहणपछि नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईले उक्त उपलब्धिले आफूहरुलाई थप ऊर्जा प्रदान गरेको बताए । उनले उक्त उपलिब्धको श्रेय बैंकका कार्डवाहक ग्राहक, व्यवसायी तथा कर्मचारीलाई जाने बताए । 

भिसा इन्टरनेशनल कार्ड प्रदायक कम्पनी हो । भिसाले नेपालमा वार्षिक रुपमा भिसा लिडरसिप कन्क्लेभ आयोजना गर्दै आएको छ । नेपालका बैंक तथा वित्तीय संस्था, फिनटेक, इ– कमर्स, व्यापार व्यवसायमा भिसा कार्डको प्रयोग हुँदै आएको छ ।
 
नबिल बैंकले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.