काठमाण्डौ । अघिल्लो दिन किर्तिमानी उचाईमा पुगेको अमेरिकी डलरको भाउले आज भने घटेको छ । आज एक अमेरिकी डलरको खरिददर १४३.६७ रुपैयाँ र बिक्रीदर १४४.२७ रुपैयाँ कायम भएको छ ।
अघिल्लो दिन डलरको भाउले रेकर्ड बनाएको थियो । उक्त दिन एक अमेरिकी डलरको खरिददर १४४.०१ रुपैयाँ र बिक्रीदर १४४.६१ रुपैयाँ कायम भएको थियो।
यस्तै आज एक यूरोको खरिददर १६७.७३ रुपैयाँ र बिक्रीदर १६८.४४ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन एक यूरोको खरिददर १६७.९५ रुपैयाँ र बिक्रीदर १६८.६५ रुपैयाँ निर्धारण भएको थियो।
आज एक पाउण्ड स्टर्लिङको खरिददर १९१.८९ रुपैयाँ र बिक्रीदर १९२.६९ रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दिन एक पाउण्ड स्टर्लिङको खरिददर १९१.४३ रुपैयाँ र बिक्रीदर १९२.२३ रुपैयाँ कायम थियो ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९४.९७ रुपैयाँ र बिक्रीदर ९५.३७ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.२९ रुपैयाँ र बिक्रीदर ९.३३ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.१२ रुपैयाँ र बिक्रीदर ३९.२८ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.३२ रुपैयाँ र बिक्रीदर २०.४० रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३४.९४ रुपैयाँ र बिक्रीदर ३५.०९ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.४३ रुपैयाँ र बिक्रीदर ३९.५९ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.७७ रुपैयाँ र बिक्रीदर ९.८१ रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४६८.४२ रुपैयाँ र बिक्रीदर ४७०.३८ रुपैयाँ कायम भएको छ ।

