काठमाण्डौ । जेनजी अभियानका अभियन्ता मिरज ढुंगानाले प्रधानमन्त्री सुशीला कार्कीलाई जेनजी आन्दोलनका माग र भावना प्रति संवेदनशील हुन आग्रह गरेका छन्। जेनजी अभियन्ता प्रकाश शर्माको रिहाइको मागसहित शनिबार जिल्ला प्रहरी परिसर, काठमाण्डौ पुगेका ढुंगानाले अन्तरिम सरकारले आन्दोलनका मुद्दाहरू बेवास्ता गरेको आरोप लगाए।
ढुंगानाले निर्वाचनपछि गठन भएको सरकारले देशको विकासका लागि ठोस काम गर्ने अपेक्षा जेनजी पुस्ताले नगरेको उल्लेख गर्दै पुराना राजनीतिक दलका नेताहरू पुनः सरकारमा फर्कने सम्भावनाप्रति चिन्ता व्यक्त गरे। उनले देश विकासमा असफल भइसकेको अन्तरिम सरकारको नेतृत्व बोकेकी प्रधानमन्त्री कार्कीले अब जिम्मेवारी पूरा गर्न नसके राजीनामा दिनु उचित हुने समेत बताए ।
‘आन्दोलनपछि बनेको सरकारले पनि विकास गर्न सक्दैन भने कसैले पनि सक्दैन’” ढुंगानाले भने, ‘त्यसैले आन्दोलनको बेइज्जत नगर्नुहोस्। तपाईंले गर्न सक्ने स्थिति छैन भने राजीनामा दिनुहोस्, बाँकी काम हामी सबै मिलेर गर्छौँ।’

