सोमबार, श्रावण ११,२०८३ 04:22:18
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 04:22:18
Bizshala
Global IME Bank Limited

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने

नागढुंगा–नौबिसे–मलेखु सडक पाँच दिनका लागि दैनिक ५ घण्टा बन्द हुने
New Office

काठमाण्डौ । नागढुंगा–नौबिसे–मलेखु सडक खण्ड आगामी मंसिर २४ गतेदेखि पुस १ गतेसम्म पाँच दिनका लागि दैनिक पाँच घण्टा बन्द रहने भएको छ। नागढुंगा–पिप्लामोड खण्डमा कालोपत्र तथा पोखरेभिर क्षेत्र विस्तार कार्य तीव्र गतिमा सम्पन्न गर्न एकैपटक धेरै उपकरण सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा यातायात अवरुद्ध गर्न लागिएको सडक विभागले जनाएको छ।

निर्धारित तालिका अनुसार सडक बिहान १०ः३० देखि अपरान्ह ३ः३० बजेसम्म बन्द हुनेछ। कामको प्रकृति र सुरक्षालाई ध्यानमा राख्दै सो अवधिमा सर्वसाधारण सवारीसाधनलाई सडक प्रयोगमा रोक लगाइनेछ।

यद्यपि, एम्बुलेन्स, सुरक्षा निकाय, दमकल तथा शववाहन जस्ता अत्यावश्यक सेवाका सवारीसाधनलाई सहज रूपमा आवाजाही गर्न व्यवस्था मिलाइने ट्राफिक प्रहरीले जानकारी दिएको छ।

अन्य सवारीसाधनलाई विभिन्न सुरक्षित स्थानमा रोक्ने व्यवस्था मिलाइएको छ। त्यस्तै, सम्भव भएसम्म वैकल्पिक मार्ग प्रयोग गर्न चालक तथा यात्रुहरूलाई आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.