काठमाण्डौ । । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवका लागि आफ्ना सेयरधीहरुलाई लाभांश नदिने भएको छ । संस्थाको मंसिर २६ गते बसेको सञ्चालक समितिको १९२ औं बैठकले यस्तो निर्णय गरेको हो ।
उक्त बैठकबाट आर्थिक वर्ष २०८१/८२ का लागि कुनै पनि प्रकारको लाभांश नदिने र सोही बमोजिम आगामी साधारण सभामा गत आवको नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सो सँग सम्बन्धित अनुसूचीहरु स्वीकृती गर्ने निर्णय भएको छ ।
लाभांश वितरण नगर्ने प्रस्तावसहितको वित्तीय विवरण नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात मात्रै साधारण सभामा अनुमोदनका लागि पेश गरिनेछ ।

