काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत दुईवटा कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । आज लक्ष्मी सनराइज बैंक र कालिञ्चोक दर्शनको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको हो ।
यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि पुस १ गते बुक क्लोज गर्दैछन् । यसर्थ आजनेप्से नेप्सेमा कायम हुने सेयरधनीहरु मात्रै यी कम्पनीको लाभांश पाउन र सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।
लक्ष्मी सनराइज बैंकले आव २०८१/८२ का लागि सेयरधनीहरुलाई कुल १०.५३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । कुल लाभांशमध्ये १० प्रतिशत बोनस सेयर र ०.५३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) रहेको छ । बैंकले लाभांश पारित गर्न आगामी पुस १४ गते वार्षिक साधारण सभा आयोजना गर्दैछ ।
यस्तै कालिञ्चोक दर्शनले पनि गत आवका लागि ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३२ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ। कम्पनीको पुस १५ गते आयोजना हुन लागेको साधारण सभाबाट अनुमोदन गरी उक्त लाभांश वितरण गरिनेछ ।

