सोमबार, मंसिर २९,२०८२ 01:01:40
Bizshala
  • सोमबार, मंसिर २९,२०८२ 01:01:40
Bizshala
Global IME Bank Limited
Bizshala

निरन्तर ओरालो लाग्दै बैंकको ब्याजदर, पुस महिनाका लागि १३ बैंकले घटाए

Hyundai Nepal
निरन्तर ओरालो लाग्दै बैंकको ब्याजदर, पुस महिनाका लागि १३ बैंकले घटाए
Shivam Cement

काठमाण्डौ । वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जसअनुसार २० वटा वाणिज्य बैंकमध्ये १३ वटा बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर घटाएका छन् भने ७ वटाले स्थिर राखेका छन् ।  

पुस महिनामा व्यक्तिगत निक्षेपको औषत ब्याजदर ४.८३४ प्रतिशत रहेको छ । मंसिर महिनामा भने यो दर ५.०४ प्रतिशत कायम थियो ।  

पुस महिनाका लागि कुन बैंकको ब्याजदर कति ?

एनआईशी एशिया बैंक  

एनआईसी एशिया बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

नेपाल बैंक लिमिटेड

बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.१ प्रतिशत र संस्थागत तर्फको ३.२५ प्रतिशत ब्याजदर तोकेका छ । मंसिर महिनाका लागि भने व्यक्तिगत निक्षेपको अधिकतम ब्याजदर ५.२५ प्रतिशत र संस्थागततर्फ अधिकतम ३.२५ प्रतिशत कायम थियो ।  

प्रभु बैंक  

प्रभु बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ।  बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  मंसिर महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत कायम थियो ।  

CG Motors
Garima Development Bank
IME remit

एभरेष्ट बैंक  

बैंकले पनि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ४.७५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर दिने भएको छ ।  

सिटिजन्स इन्टरनेशनल बैंक

सिटिजन्स इन्टरनेशनल बैंकले पुस महिनाका व्यक्तिगत र संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर तोकेको छ ।

राष्ट्रिय वाणिज्य बैंक  

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंक  

सानिमा बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको छ । मंसिर महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३.३ प्रतिशत ब्याजदर कायम गरेको थियो ।  

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

प्राइम कमर्सियल बैंक  

प्राइम कमर्सियल बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेवको ब्याजदर घटाएको छ भने संस्थागतको स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.२५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर दिएको थियो ।  

नेपाल एसबीआई बैंक  

नेपाल एसबीआई बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.८ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ  । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.८ प्रतिशत र संस्थागततर्फ ३.८ प्रतिशत ब्याजदर दिएको थियो ।  

ग्लोबल आइएमई बैंक  

बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत दुवै मुद्दती निक्षेपको अधिकतम ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ३.७५ प्रतिशत ब्याजदर प्रदान गर्ने निर्णय गरेको छ ।

बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

सिद्धार्थ बैंक  

सिद्धार्थ बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगततर्फ अधिकतम ५ र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर निर्धरण गरेको छ ।  

एनएमबी बैंक  

बैंकले पुस महिनाका लागि ब्याजदर स्थिर राखेको छ। बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  

हिमालयन बैंक  

हिमालयन बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेप र संस्थागत दुवैको अधिकतम ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५.५ प्रतिशत र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर दिने निर्णय गरेको छ ।

कृषि विकास बैंक  

बैंकले पुस महिनाका लागि व्यक्तिगत निक्षेपको ब्याजदर घटाएको छ भने संस्थागत निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९५ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।  

माछापुच्छ्रे बैंक  

बैंकले पुस महिनाका लागि ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ३ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।  ।  

कुमारी बैंक  

कुमारी बैंकले व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपतर्फको अधिकतम ब्याजदर घटाएको छ । बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५३ संस्थागततर्फ ३.५ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ ।  बैंकले मंसिर महिनाका लागि भने व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.९१ प्रतिशत र संस्थागतर्फ ४.०१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।  

स्ट्याण्डर्ड चाटर्ड बैंक

स्ट्याण्डर्ड चाटर्ड बैंकले व्यक्तिगत निक्षेपतर्फको ब्याजदर घटाएको छ भने संस्थागततर्फको स्थिर राखेको छ । बैंकले पुस महिनाका व्यक्तिगततर्फ अधिकतम ४.६ प्रतिशत र संस्थागततर्फ २.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ अधिकतम ४.७ प्रतिशत ब्याज दिएको थियो ।  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंक  

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले पुस महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर स्थिर राखेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको छ ।

लक्ष्मी सनराइज बैंक  

लक्ष्मी सनराइज बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ। बैंकले पुस महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ४.७५ र संस्थागतको ३.५ प्रतिशत कायम गरेको छ । मंसिर महिनाका लागि भने बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ५ प्रतिशत र संस्थागततर्फ ४ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

नबिल बैंक  

बैंकले पुस महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.५५ प्रतिशत र संस्थागततर्फ ३.५५ प्रतिशत ब्याजदर कायम गरेको छ । बैंकले मंसिर महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ४.७५ प्रतिशत र संस्थागततर्फ ३.७५ प्रतिशत ब्याजदर दिएको थियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X