काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले चार महिनामा कुल १६ अर्ब ५७ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनको लागि अनुमति प्रदान गरेको छ ।
जसमा ९ अर्ब ४३ करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड, ३ अर्ब ७८ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ३७ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) रहेका छन् ।
साथै चार महिनामा नेप्सेमा कुल ३६ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको छ ।
जसमा १९ अर्ब २ करोड रुपैयाँ बराबरको साधारण सेयर, ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर, ५ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड, ३ अर्ब ४० करोड रुपैयाँ बराबरको डिबेन्चर, २ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस सेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ रहेका छन् ।

