मंगलवार, असार ९,२०८३ 10:28:44
Bizshala
  • मंगलवार, असार ९,२०८३ 10:28:44
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा, जोशी हाइड्रोपावरमा इन्साइडर ट्रेडिङ गरेको पुरानो फाइल सेबोनबाट पुगेपछिको एक्सन

Laxmi Sunrise Bank Limited
दीपेन्द्र अग्रवाल सीआईबीको नियन्त्रणमा, जोशी हाइड्रोपावरमा इन्साइडर ट्रेडिङ गरेको पुरानो फाइल सेबोनबाट पुगेपछिको एक्सन

काठमाण्डौ । सेयर बजारका लगानीकर्ता दीपेन्द्र अग्रवाललाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएको छ ।  

उनलाई काठमाण्डौबाट केहीबेरअघि अनुसन्धानका लागि भन्दै आएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । 

New Office
CG Motors
Garima Development Bank

हाल सीआईबीको नियन्त्रणमा राखी उनीमाथि सोधपुछ भइरहेको छ ।  

अग्रवालका आफन्तजनले सीआईबी कार्यालयमा राखिएका उनलाई कोहीसँग पनि भेटघाट गर्न नदिइएको आरोप लगाएका छन् ।  

यस्तै, आफन्तहरुले विगत केही समयअघिदेखि नेपाल धितोपत्र बोर्डमा भएको भ्रष्टाचारको कडा विरोध गर्दै आएका अग्रवाललाई प्रतिशोध साँध्नका लागि पुरानो फाइल निकालेर पक्राउ गर्ने काम भएको दाबी गरेका छन् । 'सेबोनमा भएको भ्रष्टाचारविरुद्ध उहाँले पछिल्लो समय बोलिरहनुभएको थियो । त्यसैको रीस साँध्ने काम भयो ।' अग्रवालका एक सहयोगीले बिजशालासँग भने-'सेबोनमा भएको भ्रष्टाचारको छानबिन नगर्ने राज्यले भ्रष्टाचारविरुद्ध आवाज उठाएकै कारण दीपेन्द्रलाई पक्राउ गर्यो ।' 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यसैबीच, नेपाल धितोपत्र बोर्ड(सेबोन) स्रोतका अनुसार केही दिनअघि दीपेन्द्र अग्रवाल संलग्न भई इन्साइडर टेडिंग गरिएको छानबिनको प्रतिवेदन सीआईबीलाई बुभाइएको थियो । सोही विषयको अनुसन्धानका क्रममा उनलाई नियन्त्रणमा लिइएको हुनसक्ने दाबी स्रोतको छ ।

यसैबीच, सीआईबीका प्रवक्ता शिव श्रेष्ठले समेत अग्रवाल पक्राउ परेको पुष्टि गरेका छन् । उनका अनुसार नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन अनुसार प्रतिवादी दिपेन्द्र अग्रवालले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर खरिद गरी धितोपत्र सम्बन्धी ऐन,२०६३को दफा ९७ (ग)बमोजिम झुक्याउने विवरण दिने भ्रामक सूचना सार्वजनिक गरी उच्च मूल्यमा शेयर विक्री गरी करिब रु. ४९,१९,८६५।९०( उनन्चास लाख उन्नाईस हजार आठ सय पैसठ्ठी रुँपैया नब्बे पैसा)कानून विपरीत नाफाआर्जन गरेको र निजले अन्य टिएमएस यूजर प्रयोग गरी आपसी खरिद–विक्री तथा आफन्तरसम्बद्ध संस्थाबीच वास्तविक स्वामित्व नबदलिने गरी कारोबार गरेको तथा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य कृत्रिम रूपमा बढाएको देखिएकाले सोहि ऐनको दफा ९४ (क) र (ख) र दफा ९५ बमोजिम झुठो कारोबार र मूल्य प्रभावित गर्ने कसूर गरेको भन्ने नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदन समेतको आधारमा जिल्ला मोरङ साविक विराटनगर उपमहानगरपालिका वडा नं.९ बस्ने बर्ष ४२ को दिपेन्द्र अग्रवाललाई मिति २०८२/०९/०४ गते सम्मानित काठमाडौं जिल्ला अदालत, बबरमहल, काठमाडौंबाट पक्राउ अनुमति प्राप्त भई निजलाई मिति २०८२/०९/०४ गते काठमाडौं का.म.न.पा.वडा नं. ४, चुनदेवीबाट पक्राउ गरी थप अनुसन्धान कार्य भइरहेको छ ।

सम्बन्धित समाचार :

-इपीएस र आरओई नेगेटिभ रहेका कम्पनीमा दैनिक सर्किट, धेरै मूल्य बढेका ७ कम्पनीमध्ये ४ घाटाका

-धितोपत्र बोर्डमा शंकास्पद गतिविधि: जोशीको फाइल गायबदेखि बार्गेनिङ धन्दासम्म

-कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

 

 

 

 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.