काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांंश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८१÷८२ का लागि सेयरधनीहरुलाई लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
पुस ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आव २०८१/८२ का लागि ६२ करोड ३६ लाख ३९ हजार ३८५ रुपैयाँबराबरको नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
उक्त लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट पारित गरी सेयरधनीहरुलाई वितरण गरिनेछ ।

