बुधबार, बैशाख २,२०८३ 09:01:05
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:01:05
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इजलासमै धम्की र दुर्व्यवहारको आरोपमा अधिवक्ताविरुद्ध कानून व्यवसायी परिषद्मा उजुरी

Bizshala
इजलासमै धम्की र दुर्व्यवहारको आरोपमा अधिवक्ताविरुद्ध कानून व्यवसायी परिषद्मा उजुरी
Shivam Cement

काठमाण्डौ । इजलासमै धम्की, गालीगलौज र अपमानजनक व्यवहार गरेको आरोपमा एक अधिवक्ताविरुद्ध नेपाल कानुन व्यवसायी परिषद्मा औपचारिक उजुरी दर्ता भएको छ।

धादिङ जिल्ला अदालतमा विचाराधीन जालसाजीसम्बन्धी मुद्दाको सुनुवाइका क्रममा इजलासभित्र तथा बाहिर पेशागत मर्यादा विपरीत आचरण देखाएको आरोप लगाउँदै अधिवक्ता तोला कुमारी पाठकले विपक्षी कानून व्यवसायीविरुद्ध छानबिन तथा कारबाहीको माग गरेकी हुन्।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उजुरीअनुसार, मुद्दा पेश गर्ने क्रममा विपक्षी अधिवक्ताले अपशब्द प्रयोग गर्दै धम्की दिने, होच्याउने तथा अपमानजनक व्यवहार गरेको आरोप लगाइएको छ। व्यक्तिगत तथा पारिवारिक स्वार्थ जोडेर दबाब सिर्जना गरिएको, लैङ्गिक आधारमा टिप्पणी गरिएको र पेशाबाट हटाउने धम्कीसहित त्रास देखाउने कार्य भएको दाबी उजुरीमा उल्लेख छ।

गत पुस ८ गते प्रमाण बुझ्ने क्रममा पनि इजलासभित्र र बाहिर पुनः दुर्व्यवहार भएको भन्दै उक्त घटनाका प्रत्यक्षदर्शी कानून व्यवसायी, अदालतका कर्मचारी तथा सम्बन्धित व्यक्तिहरूको बयान संकलन गरी निष्पक्ष छानबिन गर्न माग गरिएको छ।

CG Motors
Garima Development Bank
IME remit

अधिवक्ता पाठकले उक्त घटनाले कानुन व्यवसायको पेशागत मर्यादामा गम्भीर क्षति पुगेको बताउँदै दोषीमाथि कडा कारबाही आवश्यक रहेको उल्लेख गरेकी छन्। उजुरीसँगै घटनासँग सम्बन्धित सीसी क्यामेराको फुटेजसमेत प्रमाणका रूपमा परिषद्मा पेश गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.