काठमाण्डौ । घुस प्रकरणमा संलग्न भएको आरोपसहित पूर्वमन्त्री राजकुमार गुप्ता लाई विशेष अदालतले थुनामा राख्ने आदेश जारी गरेको छ। विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्यहरू डिल्लीरत्न श्रेष्ठ तथा विदुर कोइराला को इजलासले आदेश जारी गरेको हो।
बुधबार अदालतमा उपस्थित भएपछि उनका बयान सुनेर अदालतले थुनछेक बहस सञ्चालन गरेको थियो। अदालतको निर्णय अनुसार, अनुसन्धान र मुद्दा अघि बढाउने क्रममा उनलाई थुनामा राखिनेछ।
गुप्ता पोखराको लिची बारी भ्रष्टाचार प्रकरणमा मुछिएका थिए । मालपोत कार्यालयका प्रमुख अधिकारीको सरूवा रोकिदिने र भूमि आयोगमा सदस्य बनाइदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ घुस लिएको भन्दै अख्तियारले गत असोज २२ गते मन्त्री गुप्तासहित ७ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

