बुधबार, असार १०,२०८३ 01:35:16
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:35:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बाढीपहिरोबाट भएको क्षतिमा बीमा दाबी : ४ अर्ब १९ करोडको दाबीमध्ये १९ करोड ६४ लाख भुक्तानी

Laxmi Sunrise Bank Limited
बाढीपहिरोबाट भएको क्षतिमा बीमा दाबी : ४ अर्ब १९ करोडको दाबीमध्ये १९ करोड ६४ लाख भुक्तानी

काठमाण्डौ । नेपालमा २०८२ असोज १८ गतेदेखि भएको अविरल वर्षा, बाढी र पहिरोका कारण भएको भौतिक तथा अन्य क्षतिबाट निर्जीवन बीमा कम्पनीहरूमा परेका कुल ७९९ वटा प्रारम्भिक दाबीहरूको करिब ४ अर्ब १९ करोड रुपैयाँ प्रारम्भिक दाबी रकममध्ये हालसम्म २०९ वटा दाबीहरूको करिब १९ करोड ६४ लाख रुपैयाँ बीमितहरूलाई भुक्तानी गरिसकिएको छ। यो जानकारी बीमा प्राधिकरणले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ, जसमा विभिन्न १३ वटा निर्जीवन बीमा कम्पनी र २ वटा लघु निर्जीवन बीमा कम्पनीहरूबाट प्राप्त अद्यावधिक तथ्यांक समावेश छ।

New Office
CG Motors
Garima Development Bank

प्रेस विज्ञप्तिका अनुसार, सम्पत्ति बीमातर्फका ४१९ वटा प्रारम्भिक दाबीहरूको कुल प्रारम्भिक दाबी रकम ३ अर्ब ५८ करोड ५४ लाख रुपैयाँमध्ये ५३ वटा दाबीहरूको १६ करोड ४४ लाख रुपैयाँ भुक्तानी भएको छ। इञ्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फका १०७ वटा दाबीहरूको ५२ करोड ३० लाख रुपैयाँमध्ये ९ वटा दाबीहरूको १ करोड ४० लाख रुपैयाँ उपलब्ध गराइएको छ।

यसैगरी, कृषि तथा बाली बीमातर्फका २१७ वटा प्रारम्भिक दाबीहरूको ४ करोड १७ लाख रुपैयाँमध्ये १२७ वटा दाबीहरूको ५० लाख रुपैयाँ, मोटर बीमा (निजी) तर्फका ४० वटा दाबीहरूको २ करोड ८२ लाख रुपैयाँमध्ये १७ वटा दाबीहरूको १ करोड २७ लाख रुपैयाँ, र सामुद्रिक बीमातर्फका ४ वटा प्रारम्भिक दाबीहरूको १० लाख ६५ हजार रुपैयाँमध्ये ३ वटा दाबीहरूको ३ लाख २७ हजार रुपैयाँ भुक्तानी भएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

मोटर बीमा (सार्वजनिक) तर्फका १० वटा दाबीहरूको १ करोड १९ लाख रुपैयाँ र लघु बीमातर्फका २ वटा प्रारम्भिक दाबीहरूको १२ लाख रुपैयाँ भुक्तानी हुन बाँकी रहेको छ।

बीमा प्राधिकरणका कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीले जारी गरेको विज्ञप्तिमा बाढी-पहिरो प्रभावितहरूलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउन बीमा कम्पनीहरू सक्रिय रहेको उल्लेख छ। प्राधिकरणले बाँकी दाबीहरूको मूल्यांकन र भुक्तानी प्रक्रिया तीव्र गतिमा अघि बढाउने बताएको छ। प्रभावितहरूले आवश्यक कागजातसहित दाबी दर्ता गर्न आग्रह गरिएको छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.