काठमाण्डौ । कतार सरकारले विभिन्न जेलमा रहेका १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा उक्त आममाफी प्रदान गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै कतार सरकारको यस निर्णयप्रति धन्यवाद तथा आभार व्यक्त गरेको छ। मन्त्रालयका अनुसार आममाफीले नेपाल–कतारबीचको विद्यमान द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दपूर्ण सहकार्यलाई अझ सुदृढ बनाएको छ।
कतार सरकारले उदारतापूर्वक प्रदान गरेको आममाफीलाई मानव अधिकार र मानवीय संवेदनाको महत्वपूर्ण उदाहरणका रूपमा नेपाल सरकारले लिएको जनाएको छ।

