बुधबार, बैशाख २,२०८३ 09:00:43
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 09:00:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रेमिटर्स एसोसिएसनद्वारा नवराज घिमिरेलाई सम्मान

Bizshala
रेमिटर्स एसोसिएसनद्वारा नवराज घिमिरेलाई सम्मान
Shivam Cement

काठमाण्डौ। रेमिटर्स एसोसिएसनको २०औँ वार्षिकोत्सवको अवसरमा नवराज घिमिरेलाई सम्मान गरिएको छ। नेपालको रेमिट्यान्स क्षेत्रको विकास तथा औपचारिकीकरणमा उल्लेखनीय योगदान पुर्याएको भन्दै रेमिटर्स एसोसिएसनले वार्षिकोत्सवको अवसरमा घिमिरेलाई सम्मान गरेको हो ।  

सन् १९९६ मा रेमिट्यान्स कारोबार मुख्यतः अनौपचारिक माध्यमबाट सञ्चालन भइरहेको समयमा, घिमिरेले रेमिट्यान्स कारोबारलाई औपचारिक प्रणालीमा रूपान्तरण गर्न अग्रसर भूमिका निर्वाह गरेका थिए ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

उनले आफ्नो कम्पनी अन्नपूर्णा ट्राभलमार्फत व्यवस्थित रूपमा रेमिट्यान्स सेवा प्रारम्भ गरेका थिए जसले विदेशमा कार्यरत नेपालीहरूले पठाउने रकम सुरक्षित, पारदर्शी र विश्वसनीय माध्यमबाट नेपाल भित्र्याउन सहयोग पुर्याएको थियो। उक्त संस्था हाल एटिटी रेमिट प्रालिको रूपमा विकसित भई नेपाल राष्ट्र बैंकको नियमनअन्तर्गत सञ्चालनमा रहेको छ।

CG Motors
Garima Development Bank
IME remit

रेमिटर्स एसोसिएसनले घिमिरेको दूरदर्शिता, निरन्तरता र नेतृत्वले नेपालको रेमिट्यान्स प्रणालीलाई औपचारिक, सुरक्षित तथा व्यवस्थित बनाउने आधार तयार गरेको उल्लेख गर्दै उनको योगदानले वित्तीय समावेशीकरण तथा राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण भूमिका खेलेको जनाएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.