काठमाण्डौ । सोमबार दिउँसो सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। बैठकपछि प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलले सार्वजनिक गरेका निर्णयहरूमा राष्ट्रिय अनुसन्धान विभाग, सहकारी संस्थाको व्यवस्थापन, अन्तर्राष्ट्रिय समझदारीपत्र, पेट्रोलियम नीति र लेखा परीक्षण सेवा सम्बन्धी निर्णयहरू रहेका छन्।
उनका अनुसार बैठकले निम्न निर्णयहरू गरेको छः
-अनुसन्धान निर्देशक ओम बहादुर खड्कालाई अतिरिक्त मुख्य अनुसन्धान निर्देशक पदमा बढुवा गर्ने निर्णय।
-समस्याग्रस्त सहकारी संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी कार्यका लागि व्यवस्थापन समितिको सदस्यमा कुलप्रसाद न्यौपानेलाई मनोनयन गर्ने निर्णय।
-जेनजी सहिद परिवारका लागि कल्याणकारी कार्यक्रम सञ्चालन गर्न जेनजी सहिद परिवार कल्याणकारी समाजलाई अनुदान उपलब्ध गराउने निर्णय।
-नेपाल सरकार र ओमान सरकारबीच हुने समझदारीपत्र स्वीकृत गर्ने निर्णय।
-नेपाल सरकार र इजरायल सरकारबीच हुने श्रम सम्झौता स्वीकृत गर्ने निर्णय।
-पेट्रोलमा इथानोल मिश्रण गरी प्रयोगमा ल्याउने सम्बन्धी आदेश २०८२ स्वीकृत गर्ने निर्णय।
-वन तेस्रो संशोधन नियमावली २०८२ स्वीकृत गर्ने निर्णय।
-नेपाल लेखा परीक्षण सेवा समूहीकरण तर्फको राजपत्रांकित विशिष्ट श्रेणीको उपमहालेखा परीक्षक पदमा घनश्याम पराजुलीलाई बढुवा गर्ने निर्णय।

