काठमाण्डौ । धार्मिक र सामाजिक विषयमा दुई समुदायबीच बढ्दो तनावका कारण वीरगञ्जमा जारी कर्फ्यु मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म लम्ब्याइएको छ। जिल्ला प्रशासन कार्यालय वीरगञ्जले सोमबार साँझ ६ बजेदेखि लागू भएको कर्फ्यु आज दिउँसो १ बजेसम्म कायम रहने जानकारी दिएको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार विवाद समाधानका प्रयास भइरहेको छ। जारी आदेशअनुसार वीरगञ्ज महानगरपालिका क्षेत्रमा पूर्वतर्फ बसपार्क, नगवा, इनर्वा, पश्चिमतर्फ सिर्सिया नदी, उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शंकराचार्य गेटसम्म कुनै प्रकारको भेला, सभा, जुलुस वा प्रदर्शन गर्न रोक लगाइएको छ।
धार्मिक तथा सामाजिक विवादका कारण दुई समुदायले आइतबारदेखि वीरगञ्जमा लगातार प्रदर्शन गर्दै आएका छन्।

