मंगलवार, असार ९,२०८३ 08:29:31
Bizshala
  • मंगलवार, असार ९,२०८३ 08:29:31
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

Laxmi Sunrise Bank Limited
२० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाण्डौ। नेपाल राष्ट्र बैंकले आज २० अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । केन्द्रीय बैंकले अधिक तरलता व्यवस्थापन गर्ने उद्देश्यले आज अनलाइन बोलकबोलमार्फत ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८३ ङ’ नामक ऋणपत्र (१ वर्षे) बिक्री गर्न लागेको हो ।

यो ऋणपत्रको साँवा भुक्तानी २०८३ पुस २३ गते हुनेछ र ब्याज भुक्तानी अर्धवार्षिक रुपमा हुनेछ ।  

New Office
CG Motors
Garima Development Bank

यो ऋणपत्रको बोलकबोलमा क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्था (काउण्टरपार्टी) मात्र सहभागी हुन पाउने छन् । ऋणपत्रको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ । बहुब्याजदरमा पनि बोलकबोल गर्न सकिनेछ । ऋणपत्रको ब्याजदर बोलकबोलबाट निर्धारण हुने राष्ट्र बैंकले उल्लेख गरेको छ । यसको बोलकबोल आज दिउँसो २ बजे अनलाइन माध्यमबाट हुनेछ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

आह्वान गरिएको ऋणपत्रको रकम बाँडफाँड गर्दा बोलकबोलको ब्याजदरलाई सानोदेखि ठूलो क्रममा राखी आह्वान रकमसम्म वा समितिले निर्धारण गरेको बाँडफाँट रकमसम्मको विन्दुमा कायम हुने ब्याजदरलाई एकल ब्याजदर कायम गरी सोही एकल ब्याजदरमा सो दर र सो दरभन्दा कम बोलवालालाई नेपाल राष्ट्र बैंक ऋणपत्र बिक्री गरिने केन्द्रीय बैंकले जनाएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.