बुधबार, बैशाख २,२०८३ 08:05:46
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:05:46
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

इपिएस रोस्टरमा परेकाको पक्षमा श्रम मन्त्रालयको पहल, गठन भयो समिति

Bizshala
इपिएस रोस्टरमा परेकाको पक्षमा श्रम मन्त्रालयको पहल, गठन भयो समिति
Shivam Cement

काठमाण्डौ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान रोस्टरमा सूचीकृत भई पनि हालसम्म जान नपाएका करिब १२ हजार नेपाली श्रमिकको समस्या समाधानका लागि समिति गठन गरेको छ । भाषा, सिप र स्वास्थ्य परीक्षण उत्तीर्ण गरी रोजगारीको प्रतीक्षामा रहेका युवाको रोस्टर म्याद सकिन दुई महिना मात्र बाँकी रहँदा मन्त्रालयले कोरियासँग कूटनीतिक पहल गर्ने प्रतिबद्धतासहित उक्त समिति गठन गरेको हो ।

रोस्टरमा सूचीकृत श्रमिकको व्यक्तिगत विवरण कोरियाली रोजगारदातासमक्ष पठाउने प्रक्रिया लगायतका विषयमा पारदर्शिता र निष्पक्षता सुनिश्चित गर्न आवश्यक सुझावसहित सिफारिस गर्न वैदेशिक रोजगार व्यवस्थापन महाशाखाका प्रमुख पीताम्बर घिमिरेको संयोजकत्वमा छानबिन समिति गठन गरिएको मन्त्रालयले जनाएको छ ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

ईपीएसमार्फत कोरिया जान भाषा परीक्षा, सिप परीक्षण र स्वास्थ्य परीक्षण उत्तीर्ण गरी रोस्टरमा परेका करिब १२ हजार युवाको म्याद आगामी फेब्रुअरीमा समाप्त हुँदैछ । ईपीएस कोरिया शाखाका अनुसार रोस्टरमा रहेका यी श्रमिक सन् २०२४ मा कृषि, पानीजहाज (शिपबिल्डिङ) क्षेत्र तथा कोरियाबाट फर्किएर पुनः छनोटमा परेका श्रमिकहरू हुन् ।

CG Motors
Garima Development Bank
IME remit

नेपाल–कोरिया श्रम सम्झौताअनुसार भाषा, सिप र स्वास्थ्य परीक्षणमा उत्तीर्ण श्रमिकलाई रोस्टरमा समावेश गर्ने व्यवस्था रहेको छ । रोस्टरको म्याद सकिन लागेको भन्दै प्रभावित युवाले म्याद थपको माग गर्दै पटक–पटक ईपीएस कार्यालयमा धर्ना तथा प्रदर्शन गर्दै आएका छन् ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.