आईतवार, फाल्गुन १७,२०८२ 11:49:22
Bizshala
  • आईतवार, फाल्गुन १७,२०८२ 11:49:22
Bizshala
Global IME Bank Limited

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको साधारण सभा सम्पन्न

नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजको साधारण सभा सम्पन्न
Shivam Cement

काठमाण्डौ । नेपाल–इटाली चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रिजले काठमाण्डौमा आफ्नो १२ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस सभामार्फत नेपाल र इटालीबीच द्विपक्षीय व्यापार, लगानी, पर्यटन तथा व्यवसायिक सहकार्य सुदृढ गर्ने आफ्नो प्रतिबद्धता पुनः पुष्टि गरिएको छ ।

सभामा संरक्षक राजेश काजी श्रेष्ठ प्रमुख अतिथिका रूपमा उपस्थित थिए । एनआईसीसीआईका अध्यक्ष संजय अग्रवालले नेतृत्व टोली तथा सदस्यहरूसँगै नेपालका विकास कार्य र सांस्कृतिक सम्पदा संरक्षणमा इटालीले निरन्तर पुर्याउदै आएको सहयोगको महत्व उल्लेख गरे ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

वार्षिक साधारण सभामा आगामी तीन वर्षका लागि संजय अग्रवाल पुनः अध्यक्षमा निर्वाचित भएका छन् । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

सभालाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले आगामी वर्षहरूका लागि एनआईसीसीआईका रणनीतिक प्राथमिकताहरू प्रस्तुत गर्दै नेपाली र इटालियन उद्यमीबीच व्यवसाय–देखि–व्यवसाय सहकार्य गहिरो बनाउने, लगानी तथा नीतिगत संवादलाई सक्रिय रूपमा सहजिकरण गर्ने, पर्यटन र सांस्कृतिक सहकार्य विस्तार गर्ने, तथा सदस्यहरूलाई ठोस मूल्य प्रदान गर्ने विश्वसनीय र कार्यमुखी चेम्बरका रूपमा एनआईसीसीआईको भुमिकालाई अझ सुदृढ गर्ने लक्ष्य रहेको बताए ।

कार्यक्रमका क्रममा श्री भिनोद सग्तानीलाई ‘Member of the Year 2025’ को सम्मान प्रदान गरियो भने कल्याण सिलवाललाई ‘NICCI CSR Community 2025 Award’ प्रदान गरियो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.