बुधबार, बैशाख २,२०८३ 08:05:01
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 08:05:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरीचको आयात खुला

Bizshala
औद्योगिक प्रयोजनका लागि सुपारी, केराउ र मरीचको आयात खुला
Shivam Cement

काठमाण्डौ । सरकारले सुपारी, केराउ तथा सेतो र कालो मरीचको आयात औद्योगिक प्रयोजनका लागि खुला गरेको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार नेपाल राजपत्रमा सूचना प्रकाशित गर्दै उत्पादनमूलक उद्योगलाई कच्चा पदार्थका रूपमा मात्र यी वस्तु आयात गर्न अनुमति दिएको हो।

सूचनाअनुसार आयात अनुमति प्रदान गर्दा उद्योग विभागले औद्योगिक कच्चा पदार्थको उपलब्धता, आवश्यकता, औचित्य तथा आयात गर्नुपर्ने परिमाण यकिन गर्नेछ। साथै आयात गरिएको कच्चा पदार्थ औद्योगिक प्रयोजनमै प्रयोग भएको सुनिश्चित हुने गरी सम्बन्धित उद्योगलाई आवश्यक पर्ने परिमाण निर्धारण गरी मात्र वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागबाट पैठारीका लागि सिफारिस गरिने व्यवस्था गरिएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

नयाँ स्थापना भएका उद्योगले उद्योग दर्ता प्रमाणपत्रको प्रतिलिपि, मूल्य अभिवृद्धि कर (भ्याट) वा स्थायी लेखा नम्बर (प्यान), उद्योगको उत्पादन क्षमता, वार्षिक स्वीकृत स्किमको प्रतिलिपि तथा चालु आर्थिक वर्षमा सञ्चालन र उत्पादन लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ।

CG Motors
Garima Development Bank
IME remit

यसैगरी, विगतदेखि सञ्चालनमा रहेका उद्योगले उद्योग दर्ता प्रमाणपत्र तथा कम्पनी अद्यावधिक भएको पत्रको प्रतिलिपि, भ्याटरप्यान नम्बर, पछिल्लो आर्थिक वर्षको कर चुक्ता प्रमाणपत्र, उद्योगको उत्पादन क्षमता तथा चालु आर्थिक वर्षको उत्पादन लक्ष्यसम्बन्धी स्वघोषणा पेश गर्नुपर्नेछ। अघिल्लो आर्थिक वर्षमा कच्चा पदार्थ आयात गरिएको भए आयात गरिएको परिमाण, त्यसको प्रयोगबाट भएको उत्पादन तथा बाँकी मौज्दातसमेत स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ।

मन्त्रालयका अनुसार यस व्यवस्थाले औद्योगिक कच्चा पदार्थको आपूर्ति सहज भई उत्पादनमूलक उद्योग प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.