काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउले आजपनि रेकर्ड कायम गरेको छ । आजको कारोबारमा सुनको भाउ १५ सय रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो । अघिल्लो दिन भने सुनको भाउ प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको भाउ पनि ऐतिहासिक उचाईमा पुगेको छ । चाँदी आज प्रतितोला ३१५ रुपैयाँले बढ्दै प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

