बिहीबार, फाल्गुन २१,२०८२ 10:45:35
Bizshala
  • बिहीबार, फाल्गुन २१,२०८२ 10:45:35
Bizshala
Global IME Bank Limited

कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने

Hyundai Nepal
कामना सेवाले एमफिल र स्नातकोत्तरका विद्यार्थीलाई अनुसन्धान अनुदान प्रदान गर्ने
Shivam Cement

काठमाण्डौ । कामना सेवा विकास बैंकले एमफिल र स्नातकोत्तर अध्ययरत सोधकर्ता विद्यार्थीहरुलाई अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । अर्थशास्त्र र व्यवस्थापनमा एमफिल गर्दै गरेका सोधकर्ता विद्यार्थीहरु र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सोध कार्य गर्नका लागि अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ ।

बैंकिङ र अर्थतन्त्रसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि एफफिल गर्दै गरेका दुई जना सोधकर्ता विद्यार्थीहरुलाई जनही १ लाखका दरले र व्यवस्थापन, अर्थशास्त्र र कम्प्युटर साईन्स तथा सुचना प्रविधिमा स्नातकोत्तर गदै गरेका ४ जना सोधकर्ता विद्यार्थीहरुलाई बैंकिङ, अर्थतन्त्र र सुचना तथा प्रविधिसँग सम्वन्धित विभिन्न क्षेत्रमा गरिने सोध कार्यको लागि जनही ५० हजारका दरले अनुसन्धान अनुदान प्रदान गर्ने भएको छ । उक्त अनुदान प्राप्त गर्नको लागि सम्वन्धित कलेजको सिफारिस सहित १४ मार्च २०२६ भित्र बैंक समक्ष प्रस्तावना पेश गर्नुपर्नेछ ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सम्वन्धित विषयका विज्ञ समेत रहेको छनौट समितिले उक्त अनुदान प्राप्त गर्ने विद्यार्थीहरुको छनौट गर्नेछ । विद्यार्थीहरुले गर्ने सोध कार्यहरु राष्ट्रिय तथा अन्तराष्ट्रिय दृष्टीकोणले भरपर्दो र प्रमाणित गर्न सकिने तथ्याङ्कमा आधारित र मौलिक हुनुपर्ने बैंकले जनाएको छ । बैंकले प्रदान गर्ने उक्त अनुदानले एमफिल र स्नातकोत्तर गर्दै गरेका सोधकर्ता विद्यार्थीहरुलाई सहयोग पुग्ने बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले जनाए ।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल राष्ट्र बैंकले विश्वविद्यालय तथा कलेजमा विभिन्न संकायमा अध्ययनरत विद्यार्थीलाई प्रदान गरिने शोध, अनुसन्धान कार्य गर्नका लागि संस्थागत सामाजिक उत्तरदायित्व शिर्षकबाट Fellowship/Research Grant प्रदान गर्न सक्ने व्यवस्था गरेसँगै कामना सेवा विकास बैंकले अनुसन्धान अनुदान उपलव्ध गराउने भएको हो । नेपाल राष्ट्र बैंकको व्यवस्था वमोजिम अनुसन्धान अनुदान प्रदान गर्ने कामना सेवा विकास बैंक पहिलो वित्तीय संस्था हो ।

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.