काठमाण्डौ । एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्ट लिमिटेडले अपर म्याग्दी जलविद्युत लिमिटेड (५३.५ मेगावाट) मा लगानी गर्ने सम्झौता सम्पन्न गरेको छ। कम्पनीको सञ्चालक समितिको अख्तियारी बमोजिम उक्त लगानीसम्बन्धी सम्झौता पुस ३० गते सम्पन्न भएको हो।
सम्झौताअनुसार एनआरएन इन्फ्रास्टक्चरले अपर म्याग्दी जलविद्युत लिमिटेडको कुल पूँजीको ४.३५ प्रतिशत स्वामित्व रहने गरी सेयरमा लगानी गर्नेछ। यसका लागि कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १० लाख कित्ता संस्थापक सेयर खरिद गर्नेछ, जसको कुल लगानी रकम १० करोड रुपैयाँ रहेको छ।
उक्त लगानी तीन चरणमा गर्ने सम्झौतामा उल्लेख गरिएको छ। सम्झौताका पक्षहरूमा लगानीकर्ता कम्पनीका रूपमा एनआरएन इन्फ्रास्टक्चर र लगानी प्राप्त गर्ने कम्पनीका रूपमा अपर म्याग्दी जलविद्युत लिमिटेड रहेका छन्।
यस लगानीले अपर म्याग्दी जलविद्युत आयोजना विकासमा थप वित्तीय मजबुती प्रदान गर्ने अपेक्षा गरिएको छ।

