शुक्रबार, जेष्ठ १,२०८३ 04:35:15
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 04:35:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

टप–१० ब्रोकरमा कारोबारको दबदबा : ८ अर्ब ४० करोडको कारोबार, ६ ब्रोकरमा बिक्री हावी

Laxmi Sunrise Bank Limited
टप–१० ब्रोकरमा कारोबारको दबदबा : ८ अर्ब ४० करोडको कारोबार, ६ ब्रोकरमा बिक्री हावी
Shivam Cement

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा उत्साहजनक कारोबार देखिएको छ । सोमबार कुल ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको सेयर किनबेच भएको छ । सर्वाधिक कारोबार गर्ने टप–१० ब्रोकर कम्पनीको तथ्यांक हेर्दा ४ वटा ब्रोकरमार्फत खरिद दबदबा देखिएको छ भने ६ वटा ब्रोकरबाट बिक्री पक्ष बलियो देखिएको छ ।

Bizshala
New Office
CG Motors

उच्च खरिद गर्ने ब्रोकरमा नासा सेक्युरिटिज, सनि सेक्युरिटिज, अनलाइन सेक्युरिटिज र इम्पेरियल सेक्युरिटिज अगाडि देखिएका छन् । यी ब्रोकरमार्फत लगानीकर्ताले आक्रामक रुपमा सेयर खरिद गरेका छन्, जसले बजारमा माग पक्ष सशक्त भएको संकेत गर्छ ।

यता, उच्च बिक्री गर्ने ब्रोकरमा त्रिशक्ति सेक्युरिटिज, भिजन सेक्युरिटिज, कोहिनुर इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज, नागरिक स्टक डिलर, आर्यतारा इन्भेष्टमेन्ट एण्ड सेक्युरिटिज र दीपशिखा धितोपत्र कारोबार कम्पनी रहेका छन् । यी ब्रोकरमार्फत ठूलो परिमाणमा सेयर बिक्री हुँदा बजारमा मुनाफा बुकिङको प्रवृत्ति पनि स्पष्ट देखिएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

आजको कारोबारमा सबैभन्दा अगाडि नासा सेक्युरिटिज रहेको छ । नासामार्फत मात्रै १ अर्ब ५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । यसमध्ये ५१.१२ प्रतिशत खरिद र ४८.८८ प्रतिशत बिक्री रहेको छ, जसले नासालाई बजारको केन्द्रमा राखेको देखाउँछ ।

समग्रमा, टप–१० ब्रोकरको गतिविधिले बजारमा एकातर्फ खरिद चाप बढ्दै गएको र अर्कोतर्फ मुनाफा सुरक्षित गर्ने रणनीति पनि समानान्तर रूपमा अघि बढिरहेको संकेत गरेको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X