काठमाण्डौ । वाटर इनर्जी सोलुसन लिमिटेडले सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओको विशेष प्रस्ताव पारित गर्न साधारण सभा डाकेको छ ।
माघ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले माघ २७ गते भक्तपुरमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ सभा आयोजना गर्ने निर्णय गरेको छ ।
उक्त सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने र कम्पनीको पूँजी बढाउने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायत उक्त अवधिको सम्पूर्ण वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।

