काठमाण्डौ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले मन्त्री पदबाट राजीनामा दिएका छन्। अर्थमन्त्री रामेश्वर खनालले सामाजिक सञ्जालमार्फत् फेसबुकमार्फत पुनले राजीनामा दिएको जानकारी दिएका हुन्।
खनालले आफ्नो अभियानमा ध्यान दिनका लागि पुनले राजीनामा दिएको लेखेका छन् ।
यसअघि ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पनि राजीनामा दिएका थिए।

