काठमाण्डौ । नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रमेशलाल चौधरी आफ्नो उम्मेदवारी दर्तासम्बन्धी विवादका कारण सर्वोच्च अदालत पुगेका छन्। उनी कैलाली–१ क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिएका थिए।
चौधरीले निर्वाचन अधिकृतले गैरकानुनी रुपमा उनको उम्मेदवारी रद्द गरेको बताएका छन्। उनले अदालतमा निवेदन दर्ता गर्दै निर्वाचन अधिकृतको निर्णय बदर गरी आफ्नो उम्मेदवारी यथावत राख्न माग गरेका छन्।

