मंगलवार, असार १६,२०८३ 08:39:28
Bizshala
  • मंगलवार, असार १६,२०८३ 08:39:28
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

Laxmi Sunrise Bank Limited
चिलिमे जलविद्युतको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा

काठमाण्डौ । चिलिमे जलविद्युत कम्पनी लिटिमेडले गत आवका लागि घोषणा गरेको नगद लाभांश सेयरधनीहरुको बैंक खातामा जम्मा गरेको छ । कम्पनी पुस ३० गते सम्पन्न २९ औं वार्षिक साधारण सभाबाट आव २०८१÷८२ को लागि पारित ४ प्रतिशतका नगद लाभांश (नियमानुसार नगद लाभांश तथा बोनस सेयरमा लाग्ने कर समेत) सेयरधनीहरुका बैंक खातामा जम्मा गरिएको कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलले जनाएको छ ।  

New Office
CG Motors
Garima Development Bank

उक्त नगद लाभांश हितग्राही खाता (डिम्याट) मा बैंक खाता नं. अद्यावधिक गराएका सेयरधनीहरुको बैंक खातामा माघ ६ गतेदेखि जम्मा गरिएको हो । हितग्राही खातामा बैंक खाता अद्यावधिक नगराएका सेयरधनीहरु तथा हालसम्म पनि सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराएका सेयरधनीहरुले आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई सो सँगसँगै हितग्राही खातामा बैंक खाता समेत अद्यावधिक गराई समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्न आग्रह गरिएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

साथै, आफ्नो सेयर धितो राखेका सेयरधनीहरुको हकमा समयमा नै आफ्नो नगद लाभांश प्राप्त गर्नको लागि सम्बन्धित बैंक तथा वित्तीय संस्थाको स्वीकृति पत्र  कम्पनी सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटलमा पेश गर्न समेत कम्पनीले आग्रह गरेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.