काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउ आजपनि ऐतिहासिक उचाई छुन सफल भएको छ । आज अघिल्लो दिनको तुलनामा सुन ५ हजार २ सय रुपैयाँले महङ्गिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
घिल्लो दिनपनि सुनको भाउ २४ सय रुपैयाँले बढ्दै किर्तिमानी उचाईमा पुगेको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख ३ हजार ८ सय पुगेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ निरन्तर वृद्धि भएसँगै त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा समेत देखिएको छ ।
आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदीको मूल्य २८५ रुपैयाँले उकालो लाग्दै प्रतितोला ६ हजार ७६५ रुपैयाँ कायम भएको छ ।

