मंगलवार, बैशाख १,२०८३ 08:56:34
Bizshala
  • मंगलवार, बैशाख १,२०८३ 08:56:34
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

Bizshala
बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी
Shivam Cement

काठमाण्डौ । निर्वाचन आचारसंहिता र राजनीतिक अभिव्यक्ति स्वतन्त्रताको सीमाबारे बहस चर्किरहेका बेला राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ। धर्मराज तिमिल्सिनाले दिएको उजुरीमा शाहले सामाजिक सञ्जालमार्फत दिएको अभिव्यक्ति लोकतान्त्रिक निर्वाचन प्रक्रियाको मर्मविपरीत रहेको आरोप लगाइएको छ।

उजुरीमा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रूपमा प्रस्ताव गरेको पब्लिक डिबेटको सन्दर्भमा बालेन शाहले गरेको टिप्पणी घृणात्मक, भ्रामक र मानहानिकारक भएको दाबी गरिएको छ। विशेषगरी ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता शब्दहरू कुनै प्रमाण वा अदालतको फैसलाबिनै प्रयोग गरिएको भन्दै ती अभिव्यक्ति गम्भीर आपराधिक आरोपसरह रहेको उल्लेख छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

निवेदनकर्ताका अनुसार यस्तो भाषा प्रयोगले लोकतान्त्रिक बहसको स्तर खस्काउने मात्र होइन, निर्वाचनको स्वच्छता र निष्पक्षतामाथि पनि प्रश्न उठाउँछ। निर्वाचन आचारसंहिताले उम्मेदवार तथा राजनीतिक दलका नेताहरूलाई संयमित, तथ्यमा आधारित र मर्यादित अभिव्यक्ति दिनुपर्ने व्यवस्था गरेको स्मरण गराइएको छ।

CG Motors
Garima Development Bank
IME remit

यसैबीच, उजुरीमा रास्वपाले महोत्तरीलगायतका जिल्लामा चुनावी प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारीसाधन प्रयोग गरेको देखिने भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएको विषय पनि समावेश गरिएको छ। उक्त कार्य निर्वाचन आचारसंहिताविपरीत भएको दाबी गर्दै त्यसको पनि छानबिन गर्न माग गरिएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.