काठमाण्डौ । स्थानिय बजारमा सुनको भाउले आजपनि रेकर्ड कायम गरेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेसँगै सुनको भाउले नयाँ उचाई चुमेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको कारोबार प्रतितोला ३ लाख ९ हजार ३ सय रुपैयाँमा भईरहेको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
अघिल्लो दिनपनि सुनको भाउ ५ हजार २ सय रुपैयाँले बढ्दै किर्तिमानी उचाईमा पुगेको थियो । उक्त दिन एक तोला सुनको मूल्य ३ लाख ९ हजार पुगेको थियो ।
आज चाँदीको भाउ पनि रेकर्डस्तरमा पुगेको छ । चाँदीको मूल्य १०५ रुपैयाँले बढ्दै लाग्दै प्रतितोला ६ हजार ८७० रुपैयाँ कायम भएको छ ।

