बुधबार, बैशाख २,२०८३ 06:23:06
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:23:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न

Bizshala
‘कर्जासम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न
Shivam Cement

काठमाण्डौ । माघ १४ गते बुधबारका दिन निक्षेप तथा कर्जा सुरक्षण कोषको केन्द्रीय कार्यालय र शाखा कार्यालय विराटनगरको संयुक्त आयोजनामा विराटनगरमा अवस्थीत होटेल रत्नामा ‘कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको अभिमुखीकरण तथा पृष्ठपोषण लिने’ विषयक एक दिने कार्यशाला गोष्ठी सम्पन्न भएको छ । 

उक्त कार्यक्रममा कोषको सदस्य संस्था एक्सेल डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैक लिमिटेड, सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड, फरवार्ड लघुवित्त वित्तीय संस्था लिमिटेड, जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेड, ग्लोवल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड, स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेड, मेरो माइक्रोफाइनेस, एनआइसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड, सुर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड लगायत अन्य विभिन्न सदस्य संस्थाका प्रतिनिधिहरु उपस्थीत थिए।

कार्यक्रमको शुरुवातमा यस कोषका कर्जा विभाग प्रमुख प्रबन्धक विक्रान्त आचार्यले कोषमा सञ्चालनमा रहेको कर्जा सम्बन्धी विभिन्न कार्यक्रमहरुको जानकारी दिएका थिए साथै नयाँ सञ्चालनमा आउँदै र आउन लागेको अन्य नयाँ कर्जा सम्बन्धी कार्यक्रमहरुको जानकारी पनि दिएका थिए।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कोषमा सञ्चालनमा रहेका र नयाँ कार्यक्रमहरुको विषयबारे सदस्य संस्थाका प्रतिनिधीहरुबाट उठेका प्रश्नहरुको जवाफ कोषका प्रमुख कार्यकारी अधिकृत रमेश घिमिरेले जवाफ दिंदै कोषको भावी योजनाका बारेमा सहभागीहरुलाई जानकारी गराएका थिए ।

साथै, गोष्ठीमा यस कोषको कर्जा विभागका प्रधान सहायक पुष्पा भट्टज्यूले कर्जा सम्बन्धी नयाँ सफ्टवेयरको जानकारी दिएका थिए र सो सफ्टवेयरको सन्दर्भमा सदस्य संस्थाका प्रतिनिधीहरुका तर्फबाट आएका सल्लाह सुझावहरु कर्जा विभागका सहायक अधिकृत आशिष पौडेलले टिपोट गरी उपयुक्त सुझावहरु सफ्टवेयरमा लागु गरी आउने दिनमा कर्जासँग सम्बन्धीत दाबी तथा क्षतिपूर्तीमा सहजता पुग्ने जानकारी दिए। रत्ना होटेलमा आयोजित उक्त कार्यक्रममा ७५ जनाको सहभागिता रहेको थियो ।

CG Motors
Garima Development Bank
IME remit

कोषको वार्षिक नीति तथा कार्यक्रममा भएको व्यवस्था अनुरुप बैंक तथा वित्तीय संस्थाहरुसँग निरन्तर छलफल र संवाद गरी बजारको सुरक्षणको आवश्कतालाई मध्यनजर गर्दै मौजुदा कार्यक्रमहरुमा रहेका समस्याहरु पहिचान गर्ने र सोका लागि राय सुझाव संकलनका लागि यस आर्थिक वर्षमा सबै प्रदेश समेटिने गरी गोष्ठि संचालन गर्ने लक्ष्य राखेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.