काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडको वित्तीय अवस्थामा राम्रो सुधार भएको छ । बैंकले चालु आवको दोस्रो त्रैमाससम्म आफ्ना प्रमुख वित्तीय सूचकहरुमा प्रगति हालि गरेको छ । उक्त अवधिमा बैंकले ६० करोड ३८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ८.८३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म बैंकले ५५ करोड ५८ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
यस्तै बैंकको वितरणयोग्य मुनाफा समेत १०८.९२ प्रतिशतले बढेर ३० करोड ८४ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवमा ५.२० प्रतिशतमा सीमित रहेको बैंकको लाभांश क्षमता बढेर १०.२४ प्रतिशत पुगेको छ ।
बैंकका कस्ट अफ फण्ड ५.४२ प्रतिशतबाट घटेर ३.७६ प्रतिशतमा झरेको छ । खराब कर्जा अनुपात ४.७८ प्रतिशत रहेको बैंकले इम्पेयरमेन्ट चार्जका लागि ३८ करोड २४ लाख रुपैयाँ छुट्टाएको छ ।
दोस्रो त्रैमाससम्म बैंकको निक्षेप संकलन ९१ अर्ब २७ करोड र कर्जा प्रवाह ७२ अर्ब ९४ करोड रहेको छ । जुन अघिल्लो आवको तुलनामा बढी हो ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २१.१० रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५९.५९ रुपैयाँ, मूल्य आम्दानी अनुपात १८.५३ गुणा र तरलता अनुपात २५.२७ प्रतिशत कायम भएको छ ।

