बिहीबार, असार ११,२०८३ 01:23:12
Bizshala
  • बिहीबार, असार ११,२०८३ 01:23:12
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज

Laxmi Sunrise Bank Limited
मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो चर्चित एसयुभी मारुति ब्रिज्जालाई परिष्कृत गर्दै नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको छ । कम्पनीले यो भेरियन्टको टप भेरियन्टलाई माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको हो ।  

मारुती सुजुकीले गत वर्षको जुलाई महिनामा माइल्ड–हाईब्रिड म्यानुअल भेरियन्टको वितरण स्थगन गरेको थियो । जसपश्चात यो मोडल अटोमेटिक भेरियन्टमा मात्रै उपलब्ध छ ।  

 

New Office
CG Motors
Garima Development Bank

तर अब म्याजुअल ट्रान्समिशनका पारखीहरु पनि यो विशेष प्रविधिको ड्राईभिङको मजा लिन सक्नेछन् । जसले माइलेजलाई अझै राम्रो बनाउनेछ । यसका साथै कम्पनीले यो भेरियन्टमा केहि नयाँ फिर्चसहरु पनि समावेश गरेको छ ।  

कम्पनीले नयाँ हायर जेटएक्सआई म्याजुअल भेरियन्टको मूल्य ११.०५ लाख भारु र जेटएक्सआई प्लसको मूल्य १२.४८ लाख भारु निर्धारण गरेको छ । यो नयाँ माइल्ड–हाईब्रिड भेरियन्टको माइलेज करिब २.५१ किलोमिटर प्रतिलिटरसम्म बढ्ने जनाइएको छ । जसपश्चात यो यसयुभीले १९.८९ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिनेछ । जुन अन्य भेरियन्टको तुलनामा धेरै हो ।  

मारुति ब्रिज्जाको यो भेरियन्टमा कम्पनीले सबै सीटका लागि सीट बेल्ट रिमाइन्डर,३६० डिग्री क्यामेरा,६ वटा एयरब्याग,इलेक्ट्रिकल स्टेबिलिटी एयरब्याग र हिल–होल्ड असिस्ट जस्ता फिचर्सहरु थप गरिएको छ ।  

ब्रिज्जामा कम्पनीले १.५ लिटरको ४ वटा सिलेन्डर पेट्रोल इन्जिन प्रयोग गरेको छ ।      

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.