Nabil Bank Limited
Nabil Bank Limited
Bizshala

मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज

Global IME Bank Limited
मारुती ब्रिज्जा नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च,आकर्षक फिचर्सका साथ दिनेछ उच्च माइलेज
Nabil Bank Limited

काठमाण्डौ । भारतको सबैभन्दा ठूलो कार निर्माता कम्पनी मारुती सुजुकीले आफ्नो चर्चित एसयुभी मारुति ब्रिज्जालाई परिष्कृत गर्दै नयाँ माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको छ । कम्पनीले यो भेरियन्टको टप भेरियन्टलाई माइल्ड–हाईब्रिड प्रविधिका साथ लञ्च गरेको हो ।  

मारुती सुजुकीले गत वर्षको जुलाई महिनामा माइल्ड–हाईब्रिड म्यानुअल भेरियन्टको वितरण स्थगन गरेको थियो । जसपश्चात यो मोडल अटोमेटिक भेरियन्टमा मात्रै उपलब्ध छ ।  

 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

तर अब म्याजुअल ट्रान्समिशनका पारखीहरु पनि यो विशेष प्रविधिको ड्राईभिङको मजा लिन सक्नेछन् । जसले माइलेजलाई अझै राम्रो बनाउनेछ । यसका साथै कम्पनीले यो भेरियन्टमा केहि नयाँ फिर्चसहरु पनि समावेश गरेको छ ।  

कम्पनीले नयाँ हायर जेटएक्सआई म्याजुअल भेरियन्टको मूल्य ११.०५ लाख भारु र जेटएक्सआई प्लसको मूल्य १२.४८ लाख भारु निर्धारण गरेको छ । यो नयाँ माइल्ड–हाईब्रिड भेरियन्टको माइलेज करिब २.५१ किलोमिटर प्रतिलिटरसम्म बढ्ने जनाइएको छ । जसपश्चात यो यसयुभीले १९.८९ किलोमिटर प्रतिलिटरसम्म माइलेज दिनेछ । जुन अन्य भेरियन्टको तुलनामा धेरै हो ।  

मारुति ब्रिज्जाको यो भेरियन्टमा कम्पनीले सबै सीटका लागि सीट बेल्ट रिमाइन्डर,३६० डिग्री क्यामेरा,६ वटा एयरब्याग,इलेक्ट्रिकल स्टेबिलिटी एयरब्याग र हिल–होल्ड असिस्ट जस्ता फिचर्सहरु थप गरिएको छ ।  

ब्रिज्जामा कम्पनीले १.५ लिटरको ४ वटा सिलेन्डर पेट्रोल इन्जिन प्रयोग गरेको छ ।      

 


Nepal Investment Mega Bank Limited
CG Motors
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
IME remit

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.