शुक्रबार, श्रावण २,२०८२ 09:01:03
  • शुक्रबार, श्रावण २,२०८२ 09:01:03
Global IME Bank Limited

दोब्बरले बढ्यो क्लोजआउट जरिवाना, हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड

Hyundai Nepal
दोब्बरले बढ्यो क्लोजआउट जरिवाना, हुस्सु लगानीकर्ताले तिरे १२.६८ करोड
Shivam Cement

काठमाण्डौ ।  आर्थिक बर्ष २०८१/८२ मा सेयर बजारमा हुस्सु लगानीकर्ताहरुले १२ करोड ६८ लाख ७१ हजार ३७२ रुपैयाँबराकरको क्लोज आउट बापतको जरिवाना तिरेका छन् । यो रकम अघिल्लो आर्थिक वर्षको तुलनामा दोब्बर बढी हो ।  

आथिर्क वर्ष २०८०/८१ मा भने लगानीकर्ताहरले ६ करोड ६५ लाख २७ हजार रुपैयाँ क्लोजआउट बापत तिरेका थिए । सीडीएससीका अनुसार यो अवधिमा २९ लाख ७१ हजार ८९४ वटा क्लोजआउटका घटना भएका छन् । यो संख्या आव २०७९/८० को तुलनामा ४०० प्रतिशतले बढी हो । आव २०७९/८० मा ६ लाख २ हजार २३८ जना क्लोजआउटमा परेका थिए ।

आव २०७९/८० लगानीकर्ताले समयमै ईडीआईएस नगर्दा २० प्रतिशत जरिवाना स्वरुप ४ करोड १७ हजार रुपैयाँ तिरेका थिए । क्लोजआउट बापतको २५ प्रतिशत रकम आकस्मिक जरिवाना कोषमा जाने गर्छ भने बाँकी किन्ने लगानीकर्तालाई ब्रोकरहरुले दिने गर्छन् ।  

Muktinath Bikas Bank Limited

सीडीएससीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा क्लोजआउट बापत लगानीकर्ताहरुले १५ करोड ३४ लाख रुपैयाँ बढी तिरेका थिए । यस्तै आर्थिक वर्ष २०७८/७९ मा भने क्लोजआउट बापत ९ करोड ७८ लाख ९४ हजार रुपैयाँबराबरको रकम लगानीकर्ताले जरिवना स्वरुप तिरेका थिए ।  

विभिन्न कारणले बिक्री गरेको सेयर समयमै हस्तान्तरण नहुँदा प्रायः लगानीकर्ता क्लोजआउट पर्ने गर्छन् । सेयर बेचेको २४ घन्टाभित्र अनिवार्य रुपमा ‘मेरो सेयर’मा गएर ईडीआईएस गर्नुपर्छ । तर, धेरै नयाँ लगानीकर्तालाई अहिले पनि सेयर बेचेपछि आफ्नो काम सकिएको र ‘मेरो सेयर’मा गएर अनिवार्य रुपमा ईडीआएस गर्नुपर्छ भन्ने थाहा नभएको पाइन्छ ।  

त्यसैले ‘मेरो सेयर’ आफ्नो सेयर फ्री रहेको छ वा छैन भन्ने यकिन गर्न लगानीकर्ताहरु चुक्ने गरेका छन् । जसका कारण सेयर हस्तान्तरण नहुँदा लगानीकर्ताहरु क्लोजआउटमा पर्ने गरेका छन् ।

अहिले बजार पूर्ण रुपमा प्रविधिमैत्री बनेको छ ।  ९० प्रतिशत लगानीकर्ताले अहिले अनलाइन प्रणालीबाटै कारोबार गरिरहेका छन्।

सेयर बजारमा आकर्षण बढेसँगै क्लोजआउटको समस्या भने यथावत नै रहेको छ । प्रविधिमैत्री बजारमा क्लोजआउटको समस्या कम हुँदै जानुपर्ने तर्क भइरहेकै बेला विभिन्न कारणले यो समस्या रही नै राखेको देखिन्छ।  

कसरी जोगिन सकिन्छ  ?

खासगरी क्लोजआउट हामीले सेयर बेचेपछि समयमै ईडीआईएस (सेयर हस्तान्तरण) नगर्दा तिर्नुपर्ने जरिवाना हो। अहिले सीडीएससीले टी प्लस टुको सेटलमेन्ट व्यवस्था गरेको छ । यो नियमअनुसार हामीले आज सेयर बेचेको भोलिपल्ट दिउँसो ३ बजेसम्म मेरो सेयरमा गएर सेयर हस्तान्तरण गर्नुपर्छ । अन्यथा, बेचेको सेयरको कुल मूल्यमा २० प्रतिशतले जरिवना तिर्नुपर्ने हुन्छ । तर, तोकिएको समयमै बेचेको सेयर हस्तान्तरण गरियो भने क्लोजआउटबाट बच्न सकिन्छ ।  

सबैभन्दा पहिले मेरो सेयरमा भएको ब्यालेन्सअनुसार नै सेयर बेच्ने गर्नुपर्छ । टीएमएसमा भएको डीपी होल्डिङमा यथार्थ रेकर्ड नहुन सक्छ । अहिले क्लोजआउटमा पर्नुको मुख्य कारण टीएमएको डीपी होल्डिङको त्रुटि नै हो । यसै त्रुटिलाई लगानीकर्ताले ख्याल नगर्दा धेरै लगानीकर्ता क्लोजआउटमा पर्ने गरेको देखिन्छ ।

क्लोजआउटबाट बच्ने दोस्रो उपाय भनेको यदि ठूलो कारोबार गरेको खण्डमा दैनिक एउटा नोट बनाउनु हो । हरेका दिन दिउँसो ३ बजेपछि आफ्नो नोटमा बेचेको सेयरको हिसाब राख्न र सोही दिन साँझ ६ बजेपछि तुरुन्त ईडीआईएस गर्न भुल्न हुँदैन ।  

तेस्रो भनेको आफ्नो ब्रोकरलाई चुस्तदुरुस्त राख्नुपर्छ । आफ्नो हरेका कारोबारको मोबाइलमा अनिवार्य म्यासेज पठाउन ब्रोकरलाई आग्रह गर्न सकिन्छ । यदि कोहि  विदेशमा छ भने अनिवार्य आफ्नो कारोबारलाई ई–मेल गर्न लगाउन सकिन्छ ।  

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.