सोमबार, माघ १९,२०८२ 10:49:30
Bizshala
  • सोमबार, माघ १९,२०८२ 10:49:30
Bizshala
Global IME Bank Limited
Bizshala

हुन्डाई क्रेटा फेसलिफ्ट नयाँ अवतारमा आउँदै, डिजाइनदेखि हाइब्रिड इन्जिनसम्म ठूला परिवर्तन

हुन्डाई क्रेटा फेसलिफ्ट नयाँ अवतारमा आउँदै, डिजाइनदेखि हाइब्रिड इन्जिनसम्म ठूला परिवर्तन
Shivam Cement

काठमाण्डौ । हुन्डाई क्रेटा, हुन्डाई कम्पनीको सबैभन्दा लोकप्रिय गाडीहरूमध्ये एक हो। मिड–साइज एसयुभी सेग्मेन्टमा पर्ने यो गाडी उत्कृष्ट डिजाइन, आधुनिक फिचर र दमदार परफर्मेन्सका कारण अत्यन्तै लोकप्रिय छ र प्रत्येक महिनामा यसको बिक्री पनि उच्च रहन्छ। अब हुन्डाई कम्पनी क्रेटालाई पूर्ण रूपमा नयाँ अवतारमा ल्याउने तयारीमा जुटेको छ। अर्थात्, क्रेटाको फेसलिफ्ट मोडल छिट्टै बजारमा ल्याइनेछ।

हालै दक्षिण कोरियामा परीक्षणका क्रममा यो नयाँ क्रेटा पहिलो पटक देखिएको छ। यद्यपि हालको क्रेटा मोडल बजारमा आएको धेरै समय भएको छैन, तर सेग्मेन्टमा आफ्नो दबदबा कायम राख्न हुन्डाईले यसलाई चाँडै अपडेट गर्ने योजना बनाएको देखिन्छ। जानौँ, नयाँ हुन्डाई क्रेटामा के–के विशेष हुने अपेक्षा गरिएको छ तः

नयाँ डिजाइन र ठूलो साइज

मजबुत र मस्कुलर लुक

नयाँ क्रेटा पहिलेभन्दा अग्लो र बढी मस्कुलर देखिनेछ। यसको डिजाइन अलि बढी बक्सि र दमदार हुनेछ, जसले सडकमा यसलाई एक सशक्त एसयुभीको पहिचान दिनेछ।

Bizshala
Garima Development Bank
New Office

लम्बाइ र चौडाइमा वृद्धि

नयाँ क्रेटा हालको मोडलभन्दा साइजमा ठूलो हुनेछ। यो अझै लम्बो र चौडा हुने अपेक्षा गरिएको छ, जसले यसलाई सेग्मेन्टकै सबैभन्दा लामो एसयुभी बनाउने सम्भावना छ। यसको फाइदा भनेको केबिनभित्र थप स्पेस उपलब्ध हुनु हो।

नयाँ प्लेटफर्म

यसलाई नयाँ र अझ सुरक्षित प्लेटफर्ममा निर्माण गरिनेछ। क्र्यास सेफ्टी सुधार गर्न उच्च गुणस्तरको स्ट्रेन्थ स्टिलको प्रयोग गरिने अपेक्षा गरिएको छ।

पहिलो पटक स्ट्रङ हाइब्रिड इन्जिन

इन्जिनको कुरा गर्दा, हुन्डाईले हाल उपलब्ध १.५ लिटर पेट्रोल, टर्बो–पेट्रोल र डिजेल इन्जिनलाई निरन्तरता दिनेछ। तर यससँगै कम्पनीले ठूलो परिवर्तनको तयारी पनि गरिरहेको छ।

२०२७ मोडलमा पहिलो पटक स्ट्रङ हाइब्रिड इन्जिन उपलब्ध गराइने सम्भावना छ। यसले माइलेज उल्लेखनीय रूपमा बढाउनुका साथै प्रदूषण पनि कम गर्नेछ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

हाई–टेक फिचर र उन्नत सुरक्षा

नयाँ क्रेटामा यात्रुको सुविधा र सुरक्षालाई ध्यानमा राख्दै धेरै आधुनिक फिचर समावेश गरिनेछ। गाडीको इन्टेरियरमा ठूलो टचस्क्रिन, नयाँ ड्यासबोर्ड डिजाइन र प्रिमियम मटेरियलको प्रयोग हुन सक्छ।

सुरक्षाका लागि अपडेटेड एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम उपलब्ध गराइनेछ। साथै, अझ राम्रो कनेक्टेड कार फिचर र उच्च गुणस्तरको साउन्ड सिस्टम पनि अपेक्षित छ।

यसका साथै, क्रेटा इलेक्ट्रिक मोडललाई पनि २०२७ तिर नयाँ अपडेट दिइने अपेक्षा गरिएको छ, जसमा नयाँ डिजाइन र अझ राम्रो ड्राइभिङ रेन्ज हुन सक्छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.