काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जुअनुसार कम्पनीको बीमाशुल्क आर्जन र नाफा दुवै बढेको छ । कम्पनीले दोस्रो त्रैमाससम्ममा २० करोड १८ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवमा कम्पनीले आर्जन गरेको १९ करोड ६१ लाखको तुलनामा २.९२ प्रतिशतले बढी हो ।
यस्तै कम्पनीले यो अवधिमा ५ अर्ब ७१ करोड रुपैयाँबराबरको बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४ अर्ब ९८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।
कम्पनीको खुद दाबी भुक्तानी पनि वृद्धि भएको छ । अघिल्लो आवसम्म ५ अर्ब ६३ करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको कम्पनीले समीक्षा अवधिसम्म भने ६ अर्ब २७ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ । कम्पनीको कुल खर्च ६ अर्ब ६४ करोडबाट बढेर ७ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको कुल आम्दानी ७ अर्ब ७० करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको रिटेन्ड अर्निङमा गिरावट आएको छ । अघिल्लो आवमा ९२ करोड ३६ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङ घटेर ४५ करोड २९ लाख रुपैयाँमा सीमित बनेको छ । कम्पनीको महाविपत्ती कोषको आकार ४४ करोड २ लाख रुपैयाँबराबरको रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)८.०६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२३.३३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १०८६.५७ रुपैयाँ र पीई अनुपात ५५.६९ गुणा कायम भएको छ ।

