सोमबार, श्रावण ११,२०८३ 07:48:18
Bizshala
  • सोमबार, श्रावण ११,२०८३ 07:48:18
Bizshala
Global IME Bank Limited

काठमाण्डौबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, कलकत्तामा अवतरण हुँदै

काठमाण्डौबाट उडेको टर्किस एयरलाइन्सको जहाजको इन्जिनमा समस्या, कलकत्तामा अवतरण हुँदै
New Office

काठमाण्डौ । काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार दिउँसो साढे १ बजे उडेको टर्किस एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानमा एउटा इन्जिनमा समस्या देखा परेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, जहाज उडेको दुई मिनेटमै इन्जिन फेल भएको रिपोर्ट आएको थियो।

ए३३०–३०३ सिरिजको उक्त वाइड बडी जहाजमा २ सय २५ यात्रु रहेका छन् । 

हालसम्म कुन इन्जिन फेल भयो भन्ने जानकारी पाइएको छैन। सुरक्षा कारणले जहाजले आफ्नो गन्तव्य इस्तानबुल सट्टा भारतको कलकत्ता सुबासचन्द्र बोस अन्तर्राष्ट्रिय विमानस्थलतर्फ अवतरण गर्ने निर्णय गरेको थियो। प्राधिकरणका अनुसार, जहाज अपराह्न ३ बजेतिर कलकत्तामा सुरक्षित अवतरण गर्ने छ। 

यो घटनापश्चात केही समय अवरुद्ध भएको विमानस्थल हाल सुचारु अवस्थामा रहेको जनाइएको छ । 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.