बिहीबार, माघ २२,२०८२ 05:00:29
Bizshala
  • बिहीबार, माघ २२,२०८२ 05:00:29
Bizshala
Global IME Bank Limited
Bizshala

हिमपातका कारण मतदानस्थलमा असर परे मात्रै दोस्रो चरणमा निर्वाचन हुन्छ: अर्थमन्त्री खनाल

हिमपातका कारण मतदानस्थलमा असर परे मात्रै दोस्रो चरणमा निर्वाचन हुन्छ: अर्थमन्त्री खनाल
Shivam Cement

काठमाण्डौ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन देशभर एकै चरणमा सम्पन्न गर्ने सरकारी योजनामा कुनै परिवर्तन नभएको अर्थमन्त्री रामेश्वरप्रसाद खनालले स्पष्ट पारेका छन्। हिमाली जिल्लामा अत्यधिक चिसो र सम्भावित हिमपातका कारण निर्वाचन प्रभावित हुनसक्ने चर्चा भइरहेका बेला सरकारले वैकल्पिक योजना नबनाएको उनको भनाइ छ।

धौलागिरी क्षेत्रका पर्वत, बागलुङ र म्याग्दी जिल्लामा निर्वाचनको तयारी, सुरक्षा व्यवस्था तथा सामग्री ढुवानीको अवस्थाबारे जानकारी लिने क्रममा अर्थमन्त्री खनालले हिमपातकै कारण मतदानस्थलमा प्रत्यक्ष असर पर्ने अवस्था आएमा मात्र तत्काल परिस्थितिअनुसार निर्णय गरिने बताए। सामान्य अवस्थालाई आधार मानेर निर्वाचन सार्ने वा दोस्रो चरणमा लैजाने विषयमा सरकारभित्र कुनै औपचारिक छलफलसमेत नभएको उनले स्पष्ट पारे।

Bizshala
Garima Development Bank
New Office

‘फागुन महिनामा सामान्यतया मौसम सफा हुन्छ, सरकार एकैपटक निर्वाचन सम्पन्न गर्ने लक्ष्यमा प्रतिबद्ध छ,’ अर्थमन्त्री खनालले भने। उनका अनुसार तराई, पहाड र हिमाली सबै जिल्लामा तोकिएको समयमै मतपत्रसहित निर्वाचन सामग्री पुर्‍याउने तयारी तीव्र रूपमा अघि बढाइएको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala

सरकारले मौसम प्रतिकूल भई अचानक हिमपात वा अत्यधिक वर्षा भएमा स्थानीय अवस्था मूल्याङ्कन गरेर निर्णय लिने नीति अवलम्बन गरेको छ। यही आधारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकाय र निर्वाचन कार्यालयलाई पूर्ण तयारीका साथ खटिन निर्देशन दिइएको छ।

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.